पोखरा । नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समितिको सभापतिमा दीपकचन्द्र बराल निर्वाचित भएका छन् । समितिकाे तेस्रो अधिवेशनले बराललाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।
समिति उपसभापतिमा अच्युतराज पहारी र पितृराज आचार्य, सचिवमा विष्णु तिवारी र हरि पराजुली, कोषाध्यक्षमा शरण गुरुङ तथा सहसचिवमा रोहितबाबु खनाल र दीपेन्द्र आचार्य छन् ।
यस्तै, कार्यसमिति सदस्यमा चिजमाया गुरुङ, अमृत पौडेल, मनोज घिमिरे (क्षेत्री), विकासबहादुर परियार, विपुल बसौला, डा. हरि बराल, महादेव सुवेदी, नेत्र विक्रम बञ्जारा, पुष्पराज पराजुली, रुद्रमणि आचार्य र सन्दीप बराल छन् ।
समितिका संस्थापक सभापति नगेनसिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले समिति काठमाडौंमा बस्ने कस्केलीको साझा मञ्च भएको भन्दै नयाँ कार्यसमितिले पोखरा जस्तै सुन्दर र नमुनयोग्य काम गर्न सुझाव दिए ।
अधिवेशनमा कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय सम्पर्क विभाग प्रमुख नानु बास्तोला, केन्द्रीय सदस्य तथा उपभोक्ता तथा आपूर्ति विभाग प्रमुख गुरु बराल, कास्की सभापति किशोरदत्त बराल, महाधिवेशन प्रतिनिधि तिलक रानाभाटलगायतले बोलेका थिए ।
नवनिर्वाचित सभापति बरालले समितिलाई पार्टीको गुट-उपगुटको रूपमा प्रयोग नगरी कस्केली र कांग्रेसको साझा हितमा काम गर्ने प्रतिबद्ध जनाए ।
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो निवास (बुढानीलण्ठ) मै बोलाएर नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए ।