arrow

प्रतिनिधि सभा

पूर्व राष्ट्रपतिमाथि सांसद खतिवडाको टिप्पणी - सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडाध्यक्ष हुनु हुँदैन [भिडियो]

खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि 'हराएको' भन्दै कटाक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
ramharee.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सर्वोच्च पदमा पुगिसकेको व्यक्तिले पदको गरिमा छोडेर वडाध्यक्ष बन्न नतम्सिनु पर्ने बताए।

सांसद खतिवडाले सर्वोच्च पदमा पुगेका व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा सुहाउँदो नभएको भन्दै यस विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए। उनले भने,'अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडा अध्यक्ष हुनु हुदैन ।’

यसै क्रममा, सांसद खतिवडाले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि 'हराएको' भन्दै कटाक्ष गरे। उनले मधेशमा खानेपानीको हाहाकार हुँदा पनि मन्त्रीले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लगाए।

सांसद खतिवडाले भने, "मधेशमा खानेपानीको हाहाकार छ। मान्छेहरू गाग्री लिएर सडकमा आउने स्थिति सिर्जना भयो। संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ। एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो। देखा पर्न सक्नुभएको छैन।" उनले मन्त्री यादवलाई संसदमा उपस्थित गराएर मधेशको खानेपानी समस्याबारे सदनलाई जानकारी गराउन सभामुखसँग रुलिङको माग पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ