उपेन्द्रको प्रश्न - वन फडानी गर्ने र भूमाफियालाई सहयोग गर्ने सरकारको कस्तो नीति हो ? [भिडियो]
मधेसलाई मरुभूमिकरण हुन नदिन सरकारले ध्यान देओस्
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
816
Shares
काठमाडौँ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको दोहोरो नीतिको कडा आलोचना गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मधेस प्रदेशमा देखिएको खानेपानीको संकट समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए।
यादवले भने, “एकातिर सरकारले ‘सगरमाथा संवाद’ सम्पन्न गरेको छ, अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा दिनेगरी कानुन ल्याउँदैछ। यो कस्तो नीति हो?”
उनले मधेसलाई मरुभूमिकरण हुनबाट रोक्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। उनले सरकारसँग मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिँचाइ प्रणालीको व्यवस्था गर्न माग गरे। यादवले विगतमा पनि यस्ता समस्याबारे ध्यानाकर्षण गराउँदा सरकारले बेवास्ता गरेको र अहिले संकट गहिरिएको बताए। उनले मधेसमा घट्दै गएको पानीको सतहलाई रोक्न तत्काल काम सुरु गर्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष यादवले मधेसका सुक्खा क्षेत्रमा २४ सै घण्टा बिजुली आपूर्ति गर्नुपर्ने र चुरे संरक्षण गरेर मरुभूमिकरण रोक्न पनि सरकारको ध्यानाकर्षण गराए।