एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
292
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच यस बैङ्कका ग्राहकहरूलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले नक्सालस्थित भाटभटेनी सुपर मार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छाया सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट, हेटौँडास्थित भाटभटेनी सुपर मार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सकिने छ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।