arrow

एनआईसी एशिया बैङ्कद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एशिया एथोट लोन अगेन्स्ट शेयर’ योजना सार्वजनिक

logo
रासस,
प्रकाशित २०८२ साउन १३ मंगलबार
nic-asia-bank-81-01-23.jpg
तस्बिर : फाइल

काठमाडौँ। ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौँ ग्राहकहरू माझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैङ्किङ अभ्यासद्वारा ग्राहक केन्द्रित आकर्षक कर्जा योजनाहरू पस्किने क्रममा यस एनआईसी एशिया बैङ्कले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया एथोट लोन अगेन्स्ट शेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ।

गतिशील बैङ्किङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैङ्कले ग्राहकहरू माझ अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो।

ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैङ्कमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ। यस योजना अन्तर्गत न्यूनतम रु. ५० लाख देखि अधिकतम रु. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैङ्कले गरेको छ।

प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैङ्कको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीति अनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्य दिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ। ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वारा प्रणालीको व्यवस्था अनुरूप बैङ्कले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ