arrow

समितिमा कानूनमन्त्री

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका बाँकी काम छिटै टुङ्गिन्छ : मन्त्री चौरसिया [भिडियो]

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
chaurasiya-ajaya.jpg

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू छिटो सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

मन्त्री चौरसियाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौताका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए।

जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायतका विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनमा घाइते एवं अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने मन्त्री चौरसियाले जानकारी दिए।

उनका अनुसार, सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनःस्थापना र परिपूरणलगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको छ।

मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्षलगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने पनि बताए ।

उनले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ