एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई लेट मेइनका विभिन्न सेवाहरू र कोरियन प्रोडक्टहरुमा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
375
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई काठमाडौँ नयाँ बानेश्वर, महाराजगन्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरू (कपाल प्रत्यारोपण, अनुहार, बुढ्यौली रोक्ने उपचार, दाग उपचार, मुँहासे उपचार, हाइपरबेरिक अक्सिजन थेरापी) मा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सकिने छ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।