arrow

नीतिमा विपद् व्यवस्थापन

राज्यले विपद्लाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनीकरण हुँदैन : महानिरीक्षक अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
aryal-apf.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् व्यवस्थापन प्राथमिकताको विषय नबनेसम्म यसबाट हुने क्षतिलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न नसकिने बताएका छन्। शुक्रवार सशस्त्र प्रहरी बलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा बर्सेनि विपद्जन्य घटनाबाट धेरै मानिसको ज्यान गइरहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

महानिरीक्षक अर्यालले संविधान, मौलिक हक र मानव अधिकारको रक्षाका लागि पनि विपद् न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, "नेपालमा सबैभन्दा बढी वार्षिक मृत्यु विपद्बाट भइरहेको छ। व्यक्तिको ज्यान गइरहेको बारेमा हाम्रो उच्च प्राथमिकतामा राज्यको नीति छैन।"

उनले विपद् न्यूनीकरणका लागि सबै निकायहरूबीच समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए। उनले स्थानीय समुदायलाई तालिम र आवश्यक सामग्री दिएमा प्रहरी पुग्न नसकेका ठाउँमा पनि उनीहरू आफैँले उद्धार गर्न सक्ने धारणा राखे। महानिरीक्षक अर्यालले विपद् सम्बन्धी तालिमका लागि जो कोही इच्छुक भए पनि आफूहरूले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ