arrow

बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याइएको छैन : कानूनमन्त्री चौरसिया [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
chaurasiya.jpg

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कुनै पनि कानुन नल्याइएको स्पष्ट पारेका छन्। आइतबार नेपाल महिला संघले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिन लागेको भन्ने समाचारहरू प्रकाशित भएपछि मन्त्री चौरसियाले त्यसको खण्डन गरेका हुन्। उनले सरकारले गलत सम्बन्धबाट गर्भ रहि जन्मिएका सन्तानको अधिकार सुनिश्चित गर्नका लागि मात्र कानुन संशोधन गर्न लागेको बताए।

मन्त्री चौरसियाका अनुसार, यो कानुनमा पुरुष र महिला दुवै दोषी भएमा कारबाहीको भागीदार बनाउने व्यवस्था गरिनेछ। उनले भने, "गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानुन बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि स्पष्ट पारिदिए।"

कानुनमन्त्री चौरसियाले आफूहरूको घरमा पनि छोरीहरू भएको उल्लेख गर्दै महिलाहरूलाई गाह्रो पर्ने गरी कुनै पनि कानुन नबनाउने प्रतिबद्धता जनाए। यदि मस्यौदामा प्रयोग भएका शब्दहरूबाट कुनै गलत अर्थ लाग्ने भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको पनि उनले बताए।

उनले मस्यौदा अहिले मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र यो पूर्ण रूपमा तयार नभइसकेकाले यसलाई सरकारको आधिकारिक धारणाका रूपमा प्रचार नगर्न सबैमा आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ