arrow

चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
neupane-harish.jpeg

चितवन । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा‍‍. हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए ।

स्ट्यामले लागेर डा न्यौपाने चडेको वा १४ च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

सिसाको टुक्राले शरीरमा लागेको भए पनि न्यौपाने र गाडी चालक सकुशल रहेको थापाले बताए । मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको न्यौपानेले बताए । दुईवटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । आक्रमणको कारण खुल्न सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ