arrow

धरौटीमा छुटे दुर्गा प्रसाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
durga-prasai-81-6-9.jpg

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाई पाटन उच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सोमबार उच्च अदालतले दुई फरक मुद्दामा उनीसँग २८ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलासले प्रसाईलाई तीनकुने घटनासँग सम्बन्धित मुद्दामा ३ लाख रुपैयाँ र बैंकिङ कसुरको मुद्दामा २५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। अदालतको सबै प्रक्रिया पूरा भएपछि सोमबार राति उनलाई कारागारबाट छाडिएको हो।

यसअघि काठमाडौँ जिल्ला अदालतले प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता आरोपमा थुनामा पठाएको थियो। सो आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए। बैंकिङ कसुरको मुद्दामा पनि पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले धरौटी माग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ