भिजिट भिसा प्रकरण संगठित भ्रष्टाचार हो - सांसद श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
1.9k
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणलाई व्यक्तिगत भूल वा प्रशासनिक त्रुटि मात्र नभई संगठित भ्रष्टाचार भएको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो भ्रष्टाचारले नेपाली युवाहरूको भविष्यलाई ध्वस्त पार्नुका साथै राष्ट्रको प्रतिष्ठामा समेत आँच पुर्याएको बताए।
सांसद श्रेष्ठले यो घटनालाई ‘राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनाको कर्तुत’ भनी परिभाषित गरेका छन्। रोजगारी र शिक्षाका लागि विदेश जान बाध्य युवाहरूको आशालाई यस प्रकरणले ध्वस्त पारेको उनको भनाइ छ।
उनले यस काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न हरेक नेपालीको मनमा रहेको बताएका छन्। सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित समिति टालटुले भएको भन्दै त्यसको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।