एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
438
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रालि फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैङ्क र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले पुरानो बानेश्वर, काठमाडौँमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ।
उक्त सम्झौता पत्रमा यस बैङ्कका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्सालज्यू र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेज्यूले हस्ताक्षर गरेका छन्।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।