निजामती विधेयकमा ‘छलछाम’ : रास्वपाले माग्यो सभापति खतिवडाको राजीनामा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
528
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड' सम्बन्धी प्रावधानमा भएको 'छलछाम' को नैतिक र राजनीतिक जिम्मेवारी उनले लिनुपर्ने भन्दै राजीनामा मागिएको हो।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेको बताए। उनले समितिको प्रतिवेदनमा नाम उल्लेख नभए पनि पदको हिसाबले खतिवडा नै जिम्मेवार रहेको तर्क गरे।
"कर्मचारीको 'कुलिङ अफ पिरियड' को विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ," सांसद झाले भने, "यो नालायकीपनको जवाफ कसले दिने? यसको जिम्मेवारी कसले लिने? मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ?"
सांसद झाले भाषा आयोगमा नियुक्त भएका व्यक्तिहरू मन्त्रिपरिषद्ले नियुक्त गरेका व्यक्ति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।