arrow

बंगलादेशमा फेब्रुअरी २०२६ मा राष्ट्रिय चुनाव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
muhammad-yunus-bangladesh-getty-images.jpg

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले आगामी फेब्रुअरी २०२६ मा देशमा राष्ट्रिय चुनाव हुने घोषणा गरेका छन्।

उनले फेब्रुअरीमा आम चुनाव आयोजना गर्नका लागि निर्वाचन आयोगलाई पत्र पनि पठाएका छन्। जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्।

बंगलादेशका अर्थशास्त्री मुहम्मद युनुसले गत वर्ष अगस्ट ८ मा अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए।

बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भङ्ग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो। अर्को वर्ष रमजान महिना फेब्रुअरी १७ वा १८ मा सुरु हुने तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ