arrow

राप्रपाका अध्यक्ष कमल थापा वडा सदस्यमा निर्विरोध

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
kamal-thapa-1.jpg.jpeg
हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । 
 
आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 
 
पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि निर्वाचित हुनुपर्ने प्रावधान रहेको पार्टीका सहप्रवक्ता राजाराम बर्तौलाले जनाए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ