arrow

सदरमुकाम वाहिरबाट मालपोत र नापी सेवा

logo
कौरव खत्री,
प्रकाशित २०७३ माघ १३ बिहिबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी ।गुल्मीमा रहेको जिल्ला मालपोत कार्यालय र नापी कार्यालयको तुराङ्ग मजुवाबाट पनि जग्गा सम्वन्धि कामकाज सेवा सुचारु गरिएको छ । मंगलबार पहिलो दिन अन्तर्गत आपचौर गाविस  वडा नं.४ का पहिलो सेवाग्राही नन्दराम सापकोटालाई खादा ओडाएर  र जग्गा रजिष्ट्रेशनको पुर्जा र लिखत हस्तान्त्रण गरि कार्यालयले आफ्नो  सेवा  सुचारु गरेको थियो ।
 
साथै तुराङ्ग मजुवाबाट पनि  जिल्ला सदरमुकाममा रहेको  मालपोत  र नापी कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधा अव सबै तुराङ्ग मजुवाको मालपोत र नापी कार्यालयबाट सेवा प्रदान गरिने मालपोत कार्यालय प्रमुख रामप्रसाद भुषालले जानकारी दिए । हाल क्षेत्र नं. १  का अधिकाशं गाविस र क्षेत्र २ का केही गाविस गरि जम्मा २८  गाविसलाई कार्यक्षेत्र बनाएर कार्यालयले सेवा प्रदान गर्ने कार्यालय प्रमुख  भुषालले  जानकारी दिए ।
 
पहिलो दिन अन्तर्गत वामी,आपचौर र तुराङ्ग गाविसबाट गरि  ४ जना सेवाग्राहीहरुले मालपोत र नापी सम्वन्धि कामकाजको सेवा लिएको समेत  प्रमुख रामप्रसाद भुषालले जानकारी दिए  ।
यस आफ्नो घर नजिकैबाट मालपोत र नापी सम्वन्धि कामकाज सहज रुपमा हुने भएपछि स्थानीयबासीहरुलाई प्रत्यक्ष रुपमा  सुविधा र फाइदा हुदा निकै  हर्षित भएको छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ