arrow

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाआराधना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
ramchandra-patan.jpg

पाटन (ललितपुर)। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन्। पूजापश्चात् मन्दिरका पुजारीले उनलाई फूल र प्रसाद प्रदान गरेका थिए।

सोही क्रममा राष्ट्रपति पौडेलले मन्दिर परिसरमा रहेको ऐतिहासिक मङ्गहिटी को पनि अवलोकन गरे।

मन्दिर परिसरमा राष्ट्रपतिलाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसद, बागमती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल लगायतका सरकारी अधिकारी र नगरवासीले स्वागत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ