arrow

उपराष्ट्रपति पुन भारतको गणतन्त्र दिवस समारोहमा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
bharatko-ganatantra-diwas.jpeg

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागि भएका छन् । उपराष्ट्रपति  पुनले भारतीय स्वतन्त्रता दिवसकाे शुभकामना दिए ।

नेपालका लागि भारतका राजदूत रणजित रायले आयोजना गरेको समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, पूर्व उपराष्ट्रपति, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती एवं जङ्गी सेवाका उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, कलाकार, वरिष्ठ सञ्चारकर्मीका साथै कामको सिलसिलामा काठमाडौंमै रहेका भारतीय नागरिकहरु सहभागि भए ।

समारोहमा भारतीय कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम राखिएको थियो । बिहान दूतावास परिसरमा आयोजित समारोहमा राजदूत रायले भारतको राष्ट्रिय झन्डा फहराए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ