नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
671
Shares
काठमाडौँ। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उनलाई आइतबारको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश भएका छन् ।
उनले केन्द्रीय बैङ्कमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैङ्किङ एवं अनुसन्धान लगायत अन्य विभागमा कार्य गरेका छन्।