काठमाडौँ। संघीय संसदअन्तर्गत आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा तीन महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछन्।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्ने कार्यक्रम छ।