arrow

तनहुँमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
aedes-aegypti-mosquito.jpg.jpeg

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिका–२ मा एक ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ। उनको उपचार चितवनको नयाँ मेडिकल कलेजमा भइरहेको जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले सङ्क्रमण पुष्टि भएपछि कार्यालयले प्रभावित क्षेत्रमा सम्पर्क परीक्षण र जनचेतना कार्यक्रम सुरु गरेको जानकारी दिए। कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडाका स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको छ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कको सङ्क्रमण हो, जसले स्नायु प्रणालीलाई क्षति पुर्‍याउनुका साथै बिरामीको मृत्यु पनि गराउन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ