ईश्वरीदेवी न्यौपानेले दिइन् सुशासन समितिको रिक्त सभापति पदमा उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
1.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उम्मेदवारी दिएकी छिन् ।
कांग्रेसले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले उम्मेदवारी दिएकी हुन् । नयाँ सभापतिका लागि बुधबार निर्वाचन हुँदैछ ।
आज दिउँसो १ देखि ४ बजेसम्मको उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेकामा सत्ताधारीका तर्फबाट उनको उम्मेदवारी परेको हो । कांग्रेस सांसद रामहरि खतिवडाले कुलिङ पिरियड सम्बन्धी विवादमा चुकेसँगै सभापतिबाट राजीनामा दिएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको थियो । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित थिए ।