सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
688
Shares
काठमाडौँ । विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ । समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो ।
प्रतिनिधिसभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो । तर, सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसाकुमारी दाहालले बताइन् ।
उनले भनिन्, ‘सैद्धान्तिक छलफल भइसकेको छ, अब दफावार छलफल गरेर टुंग्याउँछौँ ।’
यसैगरी सांसद झक्कुप्रसाद सुवेदीले नायब सुब्बा र सहसचिवमा पदपूर्ति खुला प्रतिस्पर्धाबाट पनि गर्नुपर्ने कानूनी प्रावधान राख्नुपर्ने बताएका थिए ।
सांसद बेदुराम भुसालले सहसचिवमा खुलाबाट पदपूर्तिको प्रावधान राख्नुपर्ने बताए । थोरै प्रतिशतमा भए पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्ने उनको भनाइ थियो ।