arrow

फ्रान्सेली प्रधानमन्त्री बायरूको सरकार संकटमा, विपक्षीले वार्ता गरे अस्वीकार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
Francois-Bayrou-france.jpg

पेरिस। फ्रान्सको प्रमुख अति–दक्षिणपन्थी पार्टीले प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न अब धेरै ढिलो भइसकेको भन्दै वार्ता अस्वीकार गरेको छ। बजेटमा खर्च कटौती गर्ने सरकारी योजनालाई लिएर महिनौँदेखि चलिरहेको गतिरोधपछि बायरूले सेप्टेम्बर ८ मा विश्वासको मत लिनुपर्ने भएको छ।

अति–दक्षिणपन्थी र वामपन्थी दुवै दलले समर्थन नगर्ने घोषणा गरेपछि गत डिसेम्बरमा पदभार ग्रहण गरेका ७४ वर्षीय बायरूको प्रधानमन्त्री पद केही महिनामै धरापमा पर्ने सम्भावना बढेको छ।

नेसनल ¥याली (आरएन) का उपनेता सेबास्टियन चेनुले सरकारले बजेट बनाउनका लागि पर्याप्त अवसर गुमाइसकेको भन्दै अब संवादको समय सकिएको बताएका छन्। उनले बायरूले गर्मी बिदामा रहेकाले पार्टी नेताहरूसँग सम्पर्क नगरेको भनाइप्रति पनि कडा असन्तुष्टि जनाए।

बायरूले विश्वासको मत गुमाए के हुन्छ?
यदि बायरूले विश्वासको मत गुमाएमा उनले सम्पूर्ण सरकारसहित राजीनामा दिनुपर्नेछ। त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले या त उनलाई पुनः नियुक्त गर्न सक्नेछन् वा नयाँ प्रधानमन्त्री चयन गर्न सक्नेछन्। यसो भएमा सन् २०१७ मा पदभार सम्हालेयता म्याक्रोनले सातौँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना हुनेछ।

म्याक्रोनले चाहेको खण्डमा राजनीतिक गतिरोध अन्त्य गर्न आकस्मिक चुनावको आह्वान पनि गर्न सक्नेछन्। यद्यपि, बायरूले भने पछिल्लो चुनावले नेसनल ¥याली (आरएन) लाई सबैभन्दा ठूलो एकल पार्टी बनाएको भन्दै आकस्मिक चुनावले स्थिरता नल्याउने चेतावनी दिएका छन्।

प्रधानमन्त्री बायरूले आफैँ पनि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकिने स्वीकार गर्दै फ्रान्सको ऋण भार घटाएर युवाहरूको भविष्य सुरक्षित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले यो ऋण युद्धपछिको पुस्ताको ‘आरामका लागि’ जम्मा भएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ