arrow

भन्सार छलीका भारतीय स्कारपियोसहित कपडा बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
apf-siraha.jpg

सिराहा । लहान नगरपालिका-१९ स्थित छारापट्टी चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी-लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बीआर ०१ पीबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपीयो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्रगतिमा भागेको प्रहरीले जनाएको छ ।

पिछ गर्दै जाँदा सो गाडी लहान-१९ को कटाहाचोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको हो ।

गाडी जाँच गर्दा सात लाख चार हजार आठ सय ५० रुपैयाँ मूल्य बराबरका विभिन्न लत्ताकपडा फेला परेको छ ।

स्कारपीयोको मूल्य करिब रु १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ