कवाडी व्यवसायीको माग सम्बोधन र एसएसपी पाण्डेलाई कारबाही गर्न सांसद यादवको माग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
1.7k
Shares
काठमाडौं। नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाडी व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले गत सोमबारदेखि नै सडकमा उत्रिएका कवाडी व्यवसायीसँग सरकारले वार्ता नगरेकोमा आपत्ति जनाइन्। उनले उनीहरूको माग पूरा गर्न पहल गर्न सरकारसँग आग्रह गरिन्।
सांसद यादवले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख एसएसपी राजू पाण्डेले दिएको भनिएको अभिव्यक्तिमाथि खेद व्यक्त गर्दै त्यसलाई 'रङ्गभेदी भेदभाव' भनेकी छन्। उनले एसएसपी पाण्डेले "गोरा मात्रै नेपाली हुन्, काला होइनन्" भनी दिएको अभिव्यक्ति निन्दनीय रहेको बताइन्।
उनले भनिन्, "रङले नेपाली हुने होइन, जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो।" उनले यस्तो अभिव्यक्ति दिएकोमा एसएसपी पाण्डेले माफी माग्नुपर्ने माग पनि गरिन्।