चितवन । चितवनमा गैंडाले आक्रमण गरी मान्छे मारेको छ । धनकौली सामुदायिक वनमा घास काट्न गएकी लक्ष्मी श्रेष्ठलाई गैंडाले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।
रत्ननगर १९ बस्दै आएकी लक्ष्मी जंगलमा घाँस काट्न गएका बेला गैंडाको आक्रमणमा परेको र तत्काल उपचार नपाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।