arrow

मोर्चा निर्णय : २३ माघमा मधेस जाग्ने, पुनःसंरचना आयोगको प्रतिवेदन जलाउने

गृहले झुठा मुद्दाको फाइल नै हराई दियो यार !

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
morcha-20.jpeg

काठमाडौं । संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन जलाउने निर्णय गरेको छ । शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले माघ २३ गते तराई मधेसका सबै सदरमुकाममा एक दिने वृहत्त प्रदर्शन गर्ने र त्यही दिन पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन जलाउने निर्णय गरेको हो ।

संविधान संशोधन अघि बढाउन र पुनःसंरचना आयोगको प्रतिवेदन खारेज बारम्बार अनुरोध गरेपनि सरकारले नसुनेपछि बाध्य भएर विरोध कार्यक्रम घोषणा गर्नु परेको सद्भावना महासचिव मनीष सुमनले बताए । बैठकले संविधान संशोधन परिमार्जन सहित पारित गर्न सरकारलाई फेरि पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

गृहले फाइल नै हराई दियो यार !
बैठमा सहभागि भएका तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवले आफुहरुसँग सरकारले गरेका एउटा बाचा पनि पुरा नगरेको बताएका छन् । हाम्राकुरासँग यादवले भने, ‘हामीसँग गरेको तीन बुँदे सहमति कार्यान्यनको साटो उल्टै गृहमन्त्रालयले राजनीतिक बन्दीको फाइन नै हरायो भनिरहेको छ ।’

मधेस आन्दोलनका बेला पक्राउ परेका, झुठा मुद्दा लगाइएका बन्दीहरुलाई रिहा गर्नको साटो मुद्दा ठोकिएको छ,  अध्यक्ष यादवले तनाव दर्शाउँदै  अगाडि भने, ‘पछिल्लो समय हाम्रा चार जना साथीहरुलाई कारबाही अघि बढाउन लागेको सुन्नमा आएको छ ।

बन्दी रिहाका लागि हामीले बुझाएको फाइलनै हरायो भन्छ यार ! बडो टेन्सन भइरहेको छ ।’ सरकारले निर्वाचनको वातावरण बनाइरहेको छु भन्छ खै हाम्रो विषयमा सोचेको ? उल्टो उल्टो काम मात्रै गरिरहेको छ, –यतिवेला भने यावद जंगिए । कसरी हुन्छ निर्वाचन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ