arrow

निधि भन्छन्–संविधान संशोधनको प्रस्ताव पास हुन्छ

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
nidhi.jpeg

दमौली । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री निधिले यसो बताएका हुन् ।

पछिल्ला दिनमा प्रमुख प्रतिपक्षी एमाले पनि लचक भइसकेकाले मधेसी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन पास हुने गृहमन्त्री निधिको जिकिर छ । अब हुने तीनै तहको निर्वाचन गर्न वर्तमान सरकार सक्षम रहेको पनि मन्त्री निधिले बताए ।

सरकार एकपछि अर्को निर्वाचन घोषणा गर्ने तयारीमा रहेकाले सुरक्षा व्यवस्था कडा बनाउन आफूले निर्देशन दिइसकेको गृहमन्त्री निधिले बताए । स्थानीय तह, प्रदेशसभा र संसद्को निर्वाचन गर्ने तयारीमा सरकारअघि बढिरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसअनुसार सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु, निधिले भने ।

त्रिभुवन विमानस्थलमा सुन फेला परेको विषयमा राखिएको जिज्ञासामा मन्त्री निधिले त्यसमा साङ्गठनिक अपराधीको हात हुन सक्ने अनुसन्धानले देखाएको बताए । उपप्रधानमन्त्री विमलेन्द्र निधिले तनहुँका काँग्रेस कार्यकर्तासँग भेटघाट गरी चुनावका लागि अगाडि बढ्न अनुरोध पनि गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ