arrow

अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि -फेस्टिभ फियस्टा’ सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
sipradi-tata-dashain-tihar-offer-2082.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्ड पर्वलाई लक्षित गर्दै ‘प्रि -फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुने कम्पनीले जनाएको छ।

यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई मोडलका गाडीहरूको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडीहरू टेस्ट ड्राइभको गर्दै विशेष अफरहरूको साथ गाडी बुक गर्न सक्नेछन्।

प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी, कर्भ.ईभी लगायतका लोकप्रिय इलेक्ट्रिक गाडीहरू राखिएका छन्।  त्यस्तै, आईसिई मोडेलहरूमा टाटाका टियागो, पञ्च, नेक्सन र टाटा सफारी समेत राखिएका छन्। यी मोडलहरूले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि - फेस्टिभ फियस्टा’ मा  विभिन्न सुविधाहरू जसमा लाइफ टाइम फ्री डिसी फास्ट चार्जिङ,आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन,निःशुल्क इम्बोस्ड नम्बर प्लेट,फ्री कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एसोसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर, र फ्रि होम चार्जिंग इस्टलेशन समावेश गरिएका छन्। 
कार्यक्रम टाटाको नेपाल भरी रहेको शो रुममा भइरहेको छ।

यसरी आकर्षक सुविधासहित सञ्चालन हुने यस ‘प्रि - फेस्टिभ फियस्टा’ कार्यक्रमको उद्देश्य आर्थिक सुविधा प्रदान गराउनु मात्र नभई ग्राहकहरूलाई चाडपर्वको खुसी तथा उत्साहसँग जोड्ने एउटा सुनौलो मध्यमाका रूपमा कम्पनीले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ