तनहुँ । एमाले नेता महेश बस्नेतले काँग्रेस बरिष्ट नेता रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् । एमाले २ नं क्षेत्रको बृहत आमशभा तनहुँको दक्षिणी भेग काँउ शिबपुरमा आयोजित सभामा सम्बोधन गर्न पुगेका बस्नेतले २४ बर्ष देखि रामचन्द्र पौडेलले जितेको यो क्षेत्र निकै बिकशीत होला भन्ने लागेको थियो। तर राष्ट्रिय राजनीतिमा असफल नेता पौडेल तनहुँमा झन असफल रहेछन भने । उनले भने - 'यो क्षेत्रको बिकास निर्माणको अबस्था देखेर मलाई दया लाग्यो, उनले भने अब रामचन्द्र पौडेलले राजनीतिबाट सन्यास लिएर धर्मकर्म गर्न देबघाट तिर लागे भो ।'
एमालेका गत निर्बाचनका उम्मेदवार सफल ब्यबसायी किसान श्रेष्ठले आफूले पहल गरेर बनेका सडक, बिद्धुत लगायतको काममा काँग्रेसले बाधा हालेको आरोप लगाए। एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, युबासंघ सचिब पर्शुराम बस्नेत, एमाले जिल्ला उपाध्यक्ष श्री प्रसद श्रेष्ठ, कार्यालय सचिब राजेश्वर ढकालले राष्ट्रियता र समृद्धिको पक्षमा एमालेले खेलेको भूमिकाको चर्चा गरेका थिए। राष्ट्रिय लोकदोहोरी गायक कृष्ण राउले र गायीका फूलमाया के सीले गीत गाएर मनोरंजन दिएका थिए।