नेपाली मिडियाको अवस्था दक्षिण एसियामै उत्कृष्ट: कांग्रेस प्रमुख सचेतक घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
638
Shares
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति आफ्नो पार्टीले कुनै नकारात्मक दृष्टिकोण नराखेको बताएका छन्। नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामा सबैभन्दा उत्कृष्ट मिडियाको अवस्था नेपालमा रहेको दाबी गरे।
उनले नेपाली कांग्रेस लोकतन्त्र र जनताको अधिकारका लागि लडेको पार्टी भएकाले मिडियाप्रति कुनै दुर्भावना नरहेको स्पष्ट पारे।
घिमिरेले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा केही विषयहरू संशोधन गर्नुपर्ने स्वीकार गरे। विशेषगरी, मिडिया काउन्सिल गठनको प्रक्रियामा परिमार्जन गर्नुपर्ने विज्ञहरूको धारणा स्वागतयोग्य रहेको उनको भनाइ छ।
उनले विधेयकमा रहेका कमीकमजोरीहरूलाई सुधार गरेर नेपालको सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सबै राजनीतिक दलहरू सकारात्मक रहेको धारणा व्यक्त गरे।