arrow

आज तोलामा १९ सय बढ्यो सुनको भाउ, चाँदीको कति बढ्यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज मंगलबार सुन-चाँदीको भाउ ह्वात्तै बढेको छ । आज मंगलबार सुन तोलामा एक हजार नौ सय र चाँदी २० रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला दुईलाख १५ हजार दुई सय रुपैयाँका कारोबार भएको छापावाला सुन आज दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता, सोमबार प्रतितोला दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ