काठमाडौँको नयाँ बसपार्कमा सवारीसाधनको पूजाआजा गरी मनाइयो विश्वकर्मा पूजा (तस्बिर)
सफलप्रकाश श्रेष्ठ,
प्रकाशित २०८२ असोज १ बुधबार
961
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। विश्वकर्मालाई प्रमुख शिल्पी र वास्तुकारका रूपमा मानिन्छ। हिन्दू पुराण अनुसार उनले देवदेवीका उड्ने रथहरू निर्माण गरेका थिए र असुरहरूसँगको युद्धमा देवताहरूलाई सहयोग गर्ने विभिन्न अस्त्र-शस्त्रहरूको निर्माण गरेका थिए।
नेपाली पात्रोअनुसार प्रत्येक वर्ष आश्विन १ गते मनाइने यो पर्व विशेष गरी कारखाना, कार्यशाला र सार्वजनिक स्थलमा पूजापाठ गरी मनाइन्छ। यस दिन मेसिनरी, औजार तथा सवारीसाधनहरूलाई सजाइ–सजावट गरेर पूजा गर्ने चलन छ।
रातो र सेतो कपडा चढाइन्छ भने सवारीसाधनलाई धजा तथा मालाले सजाएर विश्वकर्माको पूजा गरिन्छ।