arrow

जागे सभामुखः प्रतिनिधि सभा विघटनप्रति असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
devrajss.jpg

काठमाडौं। देवराज घिमिरेले अन्तरिम सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले जेन-जी आन्दोलनले क्षतिग्रस्त बनाएको संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

सभामुखसमेत रहेका घिमिरेले प्रतिनिधि सभा विघटन नगरी यसैबाट समस्याको समाधान खोज्नु राम्रो हुने भए पनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गरे। उनले भने, "प्रतिनिधि सभा विघटन नगरीकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो।"

सभामुख घिमिरेले जेन-जी पुस्ताको आन्दोलनको उद्देश्यलाई राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले आन्दोलनका क्रममा भएको क्षतिलाई 'दुःखद' भन्दै यसबाट बाहिर निस्केर सबै मिलेर मुलुकलाई सही दिशामा अगाडि बढाउनु सबैको दायित्व भएको बताए।

साथै, उनले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि गरे।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत भदौ २७ गते नै प्रतिनिधि सभा विघटन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ