arrow

तोलामा ११ सय रूपैयाँ बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज शनिबार पनि सुनको नयाँ मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले यसअघि शनिबार सुनको मूल्य सार्वजनिक गर्दैनथ्यो ।

आज सार्वजनिक मूल्य सूचीअनुसार शुक्रबारको तुलनामा सुनको भाउ शनिबार तोलामा एक हजार एक सय र चाँदीको ४० रुपैयाँ बढेको छ ।

यसअघि शुक्रबार प्रतितोला दुई लाख १६ हजार हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शनिबार दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको थियो । बिहीबार प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख १६ हजार कायम भएको थियो ।

यता, शुक्रबार प्रतितोला दुई हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ