arrow

राँगा जुधाएर दशैँको स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
ranga-dashain.jpg

बाजुरा। हिन्दुहरूको महान् चाड बडादशैँको स्वागत बाजुरामा अनौठो तरिकाले गरिएको छ। घटस्थापनाको अघिल्लो दिन मार्तडीस्थित बडीमालिका नगरपालिका–८, बाउलीमा स्थानीयहरूले राँगा जुधाएर दशैँको शुभारम्भ गरेका हुन्।

हरेक वर्षझैँ यस वर्ष पनि राँगा जुधाउने प्रचलनअनुसार रावल वाडा र थापाबाडाका राँगाहरू जुधाइएको थियो। यसमा थापाबाडाको राँगा विजयी भएको स्थानीय धने थापाले जानकारी दिए।

स्थानीय परम्पराअनुसार, लेकबाट औलतिर भैँसीहरू झारेपछि घटस्थापनाको अघिल्लो दिन राँगा जुधाएर कसको राँगो बढी बलियो छ र कसले राम्रोसँग पालेको छ भनी देखाउने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ