arrow

महावीर पुनको आग्रह: मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला

कसैले पनि 'बधाई छ' भनेर फोन नगर्न र बधाई दिन खादा-माला लिएर नआउन सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
mahabir-pun-minister.jpg

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई 'मन्त्री' नभन्न आग्रह गरेका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

उनले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, "मेरो पहिलो घोषणा— कसैले पनि 'बधाई छ' भनेर फोन नगर्नू होला र बधाई दिन खादा-माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।"

पुनले आफूलाई मन्त्री नै भन्न मन लागे 'कवाडी वैज्ञानिक मन्त्री' भन्न आग्रह गरेका छन्। मन्त्रीका लागि सिफारिस भएका पुनले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ