arrow

बडादशैँको पहिलो दिन घटस्थापना

दशैँघरमा राखियो जमरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
dashaighar-jamara.jpg

काठमाडौं। हिन्दुहरूको महान् पर्व दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैँघरमा विधिपूर्वक जमरा राखिएको छ। सोमबारबाट सुरु भएको नवरात्रको यस दिन घरघरमा पनि जमरा राख्ने प्रचलन रहेको छ।

हनुमानढोकाको दशैँघरमा बिहान ९:१३ बजेको शुभसाइतमा वैदिक मन्त्रोच्चारणसहित जमरा राखिएको थियो। सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ पनि गरिएको थियो।

घटस्थापना गर्दा पूजाकोठामा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको आह्वान गरेर पूजा गरिन्छ। नवरात्रको नौ दिनमा दुर्गाका नौ स्वरूपहरूको पूजा गरिनेछ। यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा-आराधना गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ