नवरात्र शुरु, भक्तपुरको ब्रम्हायणी मन्दिरमा भक्तजनको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
642
Shares
काठमाडौँ। नवरात्रको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणी शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दशैँका लागि घरघरमा घटस्थापना गरी जमरा राख्न भक्तजनहरू ब्रम्हायणी घाटमा स्नान गरेर माटो र जल लिन पुगेका हुन्।
आजदेखि भक्तपुर दरबार स्क्वायरको तलेजु र क्वाठन्डौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला शुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा पनि नवरात्रको विशेष पूजा-आराधना शुरु भएको हो।
नवरात्रको नौ दिनसम्म भक्तजनहरूले क्रमशः ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गर्ने गर्दछन्।