मुग्लिन-नारायणगढ सडकमा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
842
Shares
दमौली (तनहुँ) । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रुहरूले सास्ती भोगिरहेका छन्। दशैँको समयमा बाटो अवरुद्ध हुँदा सर्वसाधारणलाई थप समस्या भएको छ।
पहिरो हटाएर सडक खुलाए पनि निरन्तर ढुङ्गा खसिरहेकाले यातायात सञ्चालन गर्न गाह्रो भएको छ।
मुग्लिन-नारायणगढ सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा तनहुँको खैरेनीटारबाट डेढगाउँ निस्कने बाटो प्रयोग गर्न सकिने व्यवस्था रहेको छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले मुस्ताङदेखि तराई जोड्ने गौरवको योजनाको रूपमा लिएको छ।
साना सवारी साधनका लागि: दमौली-खैरेनीटारबाट भीमाद-मानपुर हुँदै डेढगाउँ-बुलिङटार-ढोडेनी-गैँडाकोटसम्म पुग्न सकिन्छ।
मोटरसाइकल चालकका लागि: दमौलीबाट केशवटार, सुखौरा, हुस्लाङ, धरमपानी हुँदै घुमाउने झोलुंगे पुल तरेर मुग्लिन-नारायणगढ सडकखण्डमा निस्किएर यात्रा गर्न सकिनेछ।
स्थानीयले पहिरोको समस्याबाट बच्नका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।