arrow

दशैँमा कान्ति लोकपथमा सवारी आवागमन व्यवस्थापन, समयसीमा तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
kantilokpath-82-3-9.jpg

ललितपुर। चाडपर्वमा यात्रुहरूको भीडलाई ध्यानमा राख्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर र सिन्धुली जाने सवारी साधनका लागि विशेष व्यवस्था गरेको छ।

प्रशासनले असोज ७ देखि असोज २१ गते (कोजाग्रत पूर्णिमा) सम्मका लागि सवारी सञ्चालनको समयसीमा तोकेको छ। यो अवधिमा ३० टन भारवहन क्षमता र अधिकतम १० चक्का भएका सवारी साधनहरू बेलुकी ९:०० बजेसम्म तोकिएको प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने नियम लागू गरिएको छ।

मकवानपुरबाट ललितपुर प्रवेश गर्ने सवारी साधनका लागि प्रवेश बिन्दु बगुवा (बागमती गाउँपालिका-२) र ललितपुरबाट प्रस्थान गर्नेका लागि प्रस्थान बिन्दु टीकाभैरव (गोदावरी नगरपालिका-६) तोकिएको छ।

साथै, मनसुन सक्रिय रहेकाले पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले यात्री र चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यात्राका क्रममा सुरक्षाकर्मीको निर्देशन पालना गर्न र लेन अनुशासनमा रहन पनि अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ