arrow

कांग्रेसलाई विशेष महाधिवेशनमार्फत पुनर्जीवित गर्न दोलखा प्रदेश कार्यसमितिको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
congress-flag3.jpg
तस्बिर – फाइल ।

दोलखा । नेपाली कांग्रेस दोलखा प्रदेश क्षेत्र ख कार्यसमितिले पार्टीलाई विशेष महाधिवेशनमार्फत पुनर्जीवित गर्न माग गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कार्यसमितिले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मुलुकको राजनीतिक बदलिदिएको भन्दै सोही अनुसार कांग्रेसमा पनि पुनर्जीवन ल्याउनु पर्नेमा जोड दिएको हो । 

कांग्रेसलाई पुनर्जीवन दिएमात्र जनतामा भरोसा पुनःस्थापना गर्न पार्टी नेतृत्वलाई दृढतापूर्वक आह्वानसमेत गरिएको छ । 

कांग्रेसले २०४६ साल यता विभिन्न सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति, आचरण र निर्णयहरुबारे निष्पक्ष छानबिन गर्न सक्षम, स्वतन्त्र र दलीय हितभन्दा माथि रहने शक्तिशाली आयोग गठन गर्नुपर्नेमासमेत जोड दिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ