arrow

सञ्चारमन्त्री खरेलद्वारा जेन–जी आन्दोलनका घाइतेसँग भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
jagdish-kharels.jpg

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत भदौ २३ र २४ गते को जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूसँग शुक्रबार मध्याह्न त्रिवि शिक्षण अस्पताल पुगेर भेट गरेका छन्।

आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकारको पतन भएपछि सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्। सोही मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रूपमा नियुक्त भएपछि मन्त्री खरेलले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उक्त जेन–जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो भने सयौँ व्यक्ति गोली लागेर घाइते भएका थिए। घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। साथै, उनले जेन–जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ