arrow

व्यवस्थापनमा समस्या देखाउँदै खाद्यले यसपटक दशैँमा खसी बोका नबेच्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
khasi-boka.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यस वर्ष दशैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको हुनसक्ने भन्दै  व्यवस्थापनमा समस्या देखाउँदै खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने जनाएको छ ।  कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरे पनि पछिल्लो अवस्थाका कारण कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट खरिद तथा बिक्री कार्य नगर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार यसपटक खरिद बिक्री रोकिएको कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजबंशीले जानकारी दिइन् । खसीबोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्ध गरी रकम फिर्ताको प्रक्रिया शुरू भएको पनि उनले बताइन् ।

कम्पनीले दशैँमा खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्यपरीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो । 

बजारको एकाधिकार अन्त्य गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने गरेको थियो । दशैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ