गुल्मी । गुल्मीको मुसिकोट गाविस वडा नं.६ मा रहेको हनुमानटारी फाटमा सिँचाई गर्न खेतका मोहीहरुले ३५ दिन लगाएर बडिघाट नदीमा बाध बाधेर सिँचाई नहर सञ्चालनमा ल्याइएको छ ।
गत साउन महिनामा अविरल वर्षा सँगै बढिघाट नदीमा आएको बाढीले करिव २ सय मिटर सिँचाई कुलो नहर बाढीले बगाएपछि र करिव चार सय मुरी उब्जनी हुने हनुमानटारी फाँटमा नदी पसेर खेतलाई नामनिसाना नरहने गरि पुरेपछि हनुमानटारी सिँचाई फाटमा नदी पसेर खेत बालुवामा परिणत भइ धान रोप्नबाट समेत किसानहरु बञ्चित भएका थिए ।
विगत सात महिनादेखि अबरुद्ध रहेको सिँचाई कुलो नहर बनाउन स्थानीय खेतका महीहरुले पैतिस दिन लगाएर कडा मेहनत गरि नहरको निर्माण तथा मर्मत संम्भार गरेर सिँचाई कुलो सञ्चालनमा ल्याइएको सिँचाई उपभोक्ता समितिका सचिव कृष्ण बहादुर खत्रीले जानकारी दिए ।
साथै उक्क्त खेतीयोग्य फाँटमा राज्यको तर्फबाट खासै चासो नदेखाएपछि सिचाई कुलोका उपभोकक्ता मोहीहरु आफै सक्रिय भइ सिँचाई सञ्चालनमा जुटेका हुन ।सिँचाई नहर मार्फत आ–आफ्ना खेतमा रहेको अन्न उब्जनीहरुमा सिँचाई गर्न पाउदा उपभोक्क्ताहरु निकै हर्षित भएका छन् । उक्क्त फाँटका खेतका मोहीहरु अधिकाशं जनजातीको बाहुल्यता रहेको छ ।