arrow

चट्याङ लागेर दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
lightning-always.jpg

रौतहट । रौतहटमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । कटहरिया नगरपालिका वडा नं २ मा शनिबार साँझ चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीका अनुसार शनिबार साँझ ६ः३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको हो । 

सडकमा हिडिरहेका अवस्थामा चट्याङ लागेको प्रहरीले बताएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ