arrow

नयाँ नियमपछि दाङमा मतदाता नामावली दर्ता गर्नेको बढ्यो भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
namawli.jpg

घोराही (दाङ) । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ। घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले यसको जानकारी दिएका छन्।

कार्यालयले दिएको जानकारीअनुसार दसैँअघि दुई दिन र सोमबार गरी जम्मा एक सय ३३ जना नयाँ मतदाता थपिएका छन्। यसैगरी, एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र उनीहरूको बायोमेट्रिक लिन बाँकी रहेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी कुँवरले मतदाता नामावली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने विश्वास व्यक्त गरे। यसअघि, पालिकास्तरमा दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को निर्वाचनमा दाङमा ५४ हजार नयाँ मतदाता थपिएका थिए।

गत २०७९ को निर्वाचनमा दाङ जिल्लामा कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए। क्षेत्रगत रूपमा: क्षेत्र नम्बर १ मा एक लाख ३४ हजार सात सय ३३, क्षेत्र नम्बर २ मा एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ