भीम रावल भन्छन्–चुनावको वातावरण बनाउन सरकारलाई एमाले सघाउछ
प्रकाशित २०७३ माघ २० बिहिबार
1.5k
Shares
धनगढी, । एमाले उपाध्यक्ष भीम रावलले सरकारले निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्नुपर्ने बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता रावले भने, ‘निर्वाचनको वातावरण बनाउनका लागि एमालले सरकारलाई सहयोग गर्न तयार छ ।’
उपाध्यक्ष रावलले संविधान संशोधन प्रस्ताव राष्ट्र र नेपाली जनताको हित विपरित तथा संविधान अनुकूल नभएको उल्लेख गर्दै यो प्रस्ताव बेमौसमको बाजा रहेको टिप्पणी गरे । यद्यपि, प्रमुख सत्तासाझेदार काँग्रेसले मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन एमालेले सहयोग गर्नै पर्ने बताएको छ ।